- समाचार यात्रा
- ११ महिना अघि
- 73 जनाले पढ़िसके

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी–२० विश्वकपअगाडि सबै खेलाडीबारे जानकारी लिन पनि वेस्ट इण्डिज ‘ए’ सँग बुधवारको खेलका केही खेलाडीलाई अवसर दिएको बताएका छन् ।
बुधबारको तेस्रो खेलमा नेपालले नियमित कप्तान रोहितसँगै सोमपाल कामी र आसिफ सेखलाई प्लेइङ–११ मा समावेश गरेको थिएन । हारपछि कप्तान रोहितले विश्वकप अगाडि सबै खेलाडीलाई प्रयोग गरिएको र सोहीअनुरूप केही नयाँ खेलाडीलाई अवसर दिइएको बताए । सबैको आग्रह राम्रो गर्ने खेलाडीलाई टोलीमा राख्नुपर्छ भन्ने रहेको र सोहीअनुरूप यो श्रृंखलामा धेरै खेलाडीलाई अवसर दिइएको रोहितले उल्लेख गरे ।
उनले विश्वकपमा ध्यान दिन र आराम गर्न आफू आजको खेलमा विश्राम लिएको उल्लेख गरे ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार नै वेस्ट इण्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरिसकेको छ । रोहितको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, कमलसिंह ऐरी र सागर ढकाल छन् ।