वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

  • समाचार यात्रा
  • १० महिना अघि
  • 119 जनाले पढ़िसके

काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिए तापनि निरन्तर वर्षा भएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका छन् ।

विश्वकपमा नेपालले दुई खेलमा एक अंक जोडेको छ भने तीन खेलबाट श्रीलंकाको पनि समान एक अंक नै छ । नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । विश्वकपको समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिका तीन खेलमा छ अंकका साथ सुपर आठमा प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको समान दुई खेलबाट समान दुई–दुई अंक नै छ ।

नेपालले अब वेस्टइन्डिजमा यही जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्