- समाचार यात्रा
- ६ महिना अघि
- 219 जनाले पढ़िसके
धादिङ्ग । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेडले साना किसान कृषि साना किसान कृषि सहकारी संस्था लि सलाङ धादिङ्गलाई विमा दाबी भुक्तानी गरेको छ । नेपाल कृर्षि सहकारी केन्द्रीय संघमा आबद्ध साना किसान कृर्षि सहकारी संस्थाहरुलाई सामुहिक म्यादी जीवन विमा सेवा प्रदान गरिरहेको सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सले विमा दाबी प्रक्रियाको ५ दिनमा नै एक कार्यक्रमको आयोजना गरि भुक्तानी गरिएको हो ।
म्यादी जीवन बीमा कार्यक्रममा आवद्ध हुनुभएको साना किसान कृषि सहकारी संस्था लि सलाङको वर्ष ४४ की महिला सेयर सदस्य हिरा माया थापा मगर को असामयिक निधन भएको हुँदा वीमीतकी , श्रीमान् थक बहादुर थापा मगर लाई बीमा दावी भुक्तानी रकम रु ५ लाख हस्तानतरण गरिएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता साना किसान कृषि सहकारी संस्था सलाङका अध्यक्ष तथा बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष दिल्ली प्रसाद पाठकले गर्नु भएको थियो । साथै प्रमुख अतिथिमा जिल्ला कृषि संघ धादिङका अध्यक्ष रंग प्रसाद थपलिया, विशेष अतिथिमा साना किसान विकास लघुवित्त वित्तीय संस्था गजुरीका शाखा प्रबन्धक दीपक राज पाण्डे, जिल्ला कृषि सहकारी संघ धादिङका पदाधिकारी, सानीमा रिलायन्स कम्पनीका कर्पोरेट प्रमुख अनुज थापा, नेपाल कृषि सहकारी केन्द्रीय संघका तथा जिल्ला कृषि संघ धादिङका पदाधिकारीको उपस्थितीमा सम्पन्न भएको छ ।
कार्यक्रममा धादिङ जिल्लामा सञ्चालनमा रहेको साना किसान कृषि सहकारी संस्थाहरु मध्ये करिब ३० संस्थाका अध्यक्ष, प्रबन्धक तथा सदस्य गरी १०५ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स का कर्पोरेट प्रमुख अनुज थापाले विमा को विषयमा अन्तरक्रिया कार्यक्रम संचालन गर्नुभएको थियो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था गजुरीका शाखा प्रबन्धक दीपक राज पाण्डेले विमा कार्यक्रमलाई अभियानको रुपमा लिई यथाशिघ्र धेरै भन्दा धेरै सदस्यहरुलाई म्यादी बीमामा आवद्ध गराउनुपर्नेमा जोड दिनुभयो । उनले दुर्घटनाहरुबाट सिर्जना हुन सक्ने जोखिम पनि न्युनिकरण गर्न र संस्थाहरुको आन्तरिक श्रोत बृद्धि गर्न विमा कार्यक्रम रामबाण रहेको बताउनुभयो ।
अध्यक्ष दिल्ली प्रसाद पाठकले विमा कार्यक्रममा आबद्ध हुन सम्पूर्ण संस्थाहरु अनुरोध गर्दै सदस्यको हितमा हुने यस्ता कार्यक्रमहरु सम्पूर्ण साना किसान कृषि सहकारी संस्थाहरु एक भएर अघि बढ्नुपर्ने राय ब्यक्त गर्नुभएको थियो ।
हाल सम्ममा नेपाल भरमा २०० भन्दा बढि साना किसान कृर्षि सहकारी संस्थाहरुका करिब १४,००० भन्दा बढि सदस्य बीमा कार्यक्रममा आवद्ध हुनु भएको छ ।