लमजुङ पहिरो : बेपत्ता चारैजनाको शव भेटियो

  • समाचार यात्रा
  • ९ महिना अघि
  • 152 जनाले पढ़िसके

लमजुङ । लमजुङमा पहिलोमा परी बेपत्ता भएका चारजनाकै शव भेटिएको छ । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३, बगुमस्थितमा गएराति पहिरो खस्दा उनीहरू बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी चार वर्षीया नम्रता र आठ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए ।

पहिरोले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् ।

प्रतिकृया दिनुहोस्