- समाचार यात्रा
- ६ महिना अघि
- 137 जनाले पढ़िसके
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।
बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाको ४ जीपीए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।
नतिजा सार्वजनिकका क्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले २२१ जना परीक्षार्थीको परिक्षा रद्ध भएको बताए । उनका अनुसार नियमिततर्फ चार लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनाको एनजी आएको छ ।
बोर्डले यस पटक नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात ‘नन ग्रेड’ (एनजी) हुनेछन् । जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ ।
अर्थात् जम्मा १०० पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ । अध्यक्ष शर्माकाअनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । बोर्डका अनुसार ननग्रेडिङ(एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ ।
तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ । यिनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए । उक्त परीक्षाको नतिजा १ महिनामा प्रकाशित हुने बोर्ड जनाएको ।ग्रेडवृद्धि हुने शैक्षिक ११मा पढ्न पाउन् । २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिकपरीक्षामा सहभागी हनुपर्नेछ ।
अध्यक्ष शर्माले दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बताए ।