- समाचार यात्रा
- ६ महिना अघि
- 61 जनाले पढ़िसके
काठमाडौं । प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चारजनालाई पक्राउ गरेको छ । बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष अमरदास श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएकाहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।
ललितपुरको पुल्चोकमा रहेको उक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको हुनसक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
सहकारीको सञ्चालक समिति र लेखा समितिका ९ जनालाई पक्राउ गर्न ललितपुर अदालतले अनुमति दिएपछि अहिले चारजनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेकामध्ये अध्यक्ष श्रेष्ठले ३१ वर्ष नेपाल बैंक लिमिटेडमा काम गरेको खुलेको छ ।