- समाचार यात्रा
- ९ महिना अघि
- 108 जनाले पढ़िसके

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका-३, बीचबजारमा पार्किङ गरिराखेको गाडीभित्र फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । नेपाली सेनाको विज्ञ टोलीले झन्डै पाँच घन्टापछि डिस्पोज गरेको हो ।
पार्किङ गरिराखेको बा १६ च ९१७२ नम्बरको गाडीमा बुधबार दिउँसो अपरिचित व्यक्तिले सुटकेश राखेर हिडेका थिए ।
टोलीले सुटकेस खोलेर हेर्दा थोत्रा कपडा, सुर्ती, चिजबलका पोकाहरु भेटिएको धादिङका प्रहरी उपरिक्षक गौतम केसीले जानकारी दिए ।
कारमा शंकास्पद बस्तु राख्ने एकजनालाई सीसीटीभी फुटेजका आधारमा प्रहरीले मलेखु नजिकै फुर्खेखोलाबाट गिरफ्तार गरेको प्रहरी उपरिक्षक केसीले जानकारी दिए ।
अज्ञात व्यक्तिले कारभित्र सुटकेश राखेर हिडेपछि दिनभर बजारमा तनावको स्थिति सिर्जना भएको थियो ।