दुई पार्टीबीचको सहमतिमा आशंका : उपप्रधानमन्त्री लामिछाने

  • समाचार यात्रा
  • ६ महिना अघि
  • 37 जनाले पढ़िसके

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिको औचित्य र आवश्यकताप्रति आशंका व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले संसद्भित्रका दुई ठूला दलबीच नयाँ सरकार गठन गर्ने भएको सहमति राष्ट्रिय सहमति नभएको जिकिर गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेले अहिले संविधान परिमार्जन र संशोधनको आवश्यकता देखाएर सत्तास्वार्थका लागि सहमति गरिएको आरोप लगाए । “संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमतिपत्र आएपछि खुल्ला तर आजको दिनमा संविधान जोगाउन यो सहमति भएको कम्तीमा पनि म र मेरो पार्टी स्वीकार्न तयार छैन”, उनले भने, “हामीलाई आशंका छ । एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी आयो ?”

प्रधानमन्त्री प्रचण्डलाई आफ्नो दलले विश्वासको मत दिने बताउँदै उनले राजनीतिक इमान छाडेर नेकपा ९एमाले० सरकार परिवर्तनमा लागेको आरोप लगाए । गृहमन्त्री लामिछानेले दुई ठूला दल एकठाउँमा आउँदा शक्ति पृथकीकरणमा सङ्कट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

उनले देशमा प्राकृतिक विपत्ति परेका बेला सरकार गिराउने काममा राजनीतिक दलको मुख्य कार्यभार हुनु अशोभनीय भएको धारणा राखे ।

प्रतिकृया दिनुहोस्