गुम्बाको पर्खाल भत्किँदा दक्षिणकालीमा एकजनाको मृत्यु, पाँच घाइते

  • समाचार यात्रा
  • ६ महिना अघि
  • 34 जनाले पढ़िसके

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–५, डोल्लुस्थित कर्मास्यामदेलिङ नुनुरी आनी गुम्बाको पर्खाल शुक्रबार भत्किँदा एकजनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हुनेमा पाँच वर्षीया पल्जोम तामाङ छिन् । उनको दक्षिणकालीकै मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पर्खाल भत्किँदा गुम्बामा बस्दै आएको उनी पुरिएर बेपत्ता भएकी थिइन् । प्रहरीले घाइते अवस्थामा उनको उद्दार गरेको थियो ।

गुम्बाको पर्खाल भत्किँदा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्बो शेर्पा, १० वर्षीया सुनिता तामाङ, आठ वर्षीया ममता तामाङ र आठ वर्षीया मनकुमारी तामाङ घाइते भएका छन् । उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–५, डोल्लुस्थित कर्मास्यामदेलिङ नुनुरी आनी गुम्बाको पर्खाल शुक्रबार भत्किँदा एकजनाको मृत्यु भएको छ । घटनामा पाँचजना घाइते भएका छन् ।
मृत्यु हुनेमा हुनेमा पाँच वर्षीया पल्जोम तामाङ छिन् । उनको दक्षिणकालीकै मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पर्खाल भत्किँदा गुम्बामा बस्दै आएको उनी पुरिएर बेपत्ता भएकी थिइन् । प्रहरीले घाइते अवस्थामा उनको उद्दार गरेको थियो ।

गुम्बाको पर्खाल भत्किँदा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्बो शेर्पा, १० वर्षीया सुनिता तामाङ, आठ वर्षीया ममता तामाङ र आठ वर्षीया मनकुमारी तामाङ घाइते भएका छन् । उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।उनीहरू सबै उक्त गुम्बामा बसेर पढ्दै आएका आनीहरु रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्