एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत

  • समाचार यात्रा
  • ५ महिना अघि
  • 37 जनाले पढ़िसके

काठमाडौं । नेकपा एमालेले गुरु बराललाई पार्टीको उपाध्यक्ष पदमा मनोनीत गरको छ ।

बिहीबार काठमाडौंमा बसेको एमाले सचिवालय बैठकले रिक्त उपाध्यक्षमा स्थायी कमिटी सदस्य बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

त्यस्तै बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै, १७ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको उनले बताए । बैठकले बिभिन्न आयोगमा सदस्य मनोनयन समेत गरिएको महासचिव पोखरेलले जानकारी दिए ।

बैठकले प्रदेशको इन्चार्जहरुको जिम्मेवारी हेरफेर समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्