तीनकुने आसपास क्षेत्रमा कर्फ्यु आदेश

  • समाचार यात्रा
  • ३ हप्ता अघि
  • 31 जनाले पढ़िसके

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्र आसपासमा कर्फ्यु आदेश आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार अपराह्न ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यु जारी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशला–विमानस्थल–गैरीधारा–तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र गौशला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी भएको छ ।

प्रतिकृया दिनुहोस्