न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान विश्वकपको फाइनलमा

  • समाचार यात्रा
  • २ साल अघि
  • 58 जनाले पढ़िसके

काठमाडौ : न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।

सिड्नीमा न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

पाकिस्तानका लागि मोहमद रिजवान र बाबर आजमले अर्धशतकीय परी खेले । पाकिस्तानले अब फाइनलमा भारत र इङ्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्