- समाचार यात्रा
- २ साल अघि
- 708 जनाले पढ़िसके

काठमाडौं : टी–२० विश्वकप क्रिकेटमा भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको छ। आज भएको सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको हो।
भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले एक विकेट पनि नगुमाई १६ ओभरमा लक्ष्य पूरा गर्याे । इंग्ल्यान्डका लागि एलेक्स हेल्स र जोस बटलरले रन बनाए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनायो।
भारतका लागि हार्दिक पान्डेयाले ६३ र विराट कोहलीले ५० रन बनाए। बलिङतर्फ क्रिस जोर्डनले तीन विकेट लिए। अब इंग्ल्यान्डले फाइनलमा आउँदो आइतबार पाकिस्तानसँग खेल्नेछ।