- समाचार यात्रा
- २ साल अघि
- 51 जनाले पढ़िसके

काठमाडौँ : रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको हो । बलात्कार आरोप लागेपछि सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरिएपछि कप्तान पद रिक्त रहेको थियो ।
उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीसमेत हुन् । गत चैतमा सम्पन्न पपुवा न्यु गिनीविरुद्धको एकदिवसीय शृंखलामा रोहितले पारस खड्काको रेकर्ड तोडेका थिए । रोहित १०७ बलमा ७ चौका र ४ छक्कासहित १२६ रन बनाएर आउट भएका थिए ।
यसअघि पारसले सन् २०१९ को जनवरी २८ मा यूएईविरुद्ध १०९ बलमा ११५ रन बनाएका थिए । उनी एकदिवसीय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडीसमेत हुन् ।
रोहितले सन् २०१८ मा नेदरल्यान्डसविरुद्धको एकदिवसीय खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । १५ वर्ष ३३५ दिनको उमेरमा राष्ट्रिय टिमबाट खेलेका उनी एकदिवसीय खेलमा डेब्यु गर्ने चौथो कम उमेरका खेलाडीसमेत हुन् ।