चीनको एक कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु

  • समाचार यात्रा
  • २ साल अघि
  • 86 जनाले पढ़िसके

चीन : चीनको हेनान प्रान्तको एक कारखानामा सोमबार दिउँसो आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता रहेको बताइएको छ ।

समाचार एजेन्सी एएफपीले स्थानीय संगठनहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । चिनियाँ समाचार एजेन्सीले पनि यसबारे जानकारी दिएको छ ।

चीनमा आगलागी नियन्त्रण नियमको अवहेलनाका कारण औद्योगिक कलकारखानामा आगलागीका घटनाहरु पछिल्लो समय धेरै नै सार्वजनिक भइरहेका छन् ।

सन् २०१९ को मार्चमा सांघाईबाट २६० किलोमिटर टाढा रहेको रासायनिक कारखानामा विस्फोट हुँदा ७८ जनाको मृत्यु भएको थियो ।

यसअघि सन् २०१५ मा उत्तरी तियान्जिनमा रहेको एक रासायनिक गोदाममा विस्फोट हुँदा १६५ जनाको मृत्यु भएको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस्