- समाचार यात्रा
- २ साल अघि
- 73 जनाले पढ़िसके
काठमाडौं : कांग्रेस महामन्त्री गगन थापा काठमाडौं-४ बाट विजयी बनेका छन् । करिब साढे ७ हजारको मतान्तरले बिजयी भएका हुन् । एमालेका राजन भट्टराईमाथि हावी हुँदै थापाले सहज जित निकालेका हुन् ।
प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ । निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन ।
अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई नै हराउँदै गगन विजयी भएका थिए । यसपटक सत्तारुढ गठवन्धनको समर्थनका कारण उनको जित थप सहज बनेको हो ।