- समाचार यात्रा
- २ साल अघि
- 73 जनाले पढ़िसके
धादिङ: धादिङ क्षेत्र नं १ अन्तरगत प्रदेश सभा २ मा गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कटेल विजयी भएका छन् । नेकपा एमालेका गजेन्द्र थपलियालाइ ७ हजार ४ सय २५ मतअन्तरले पराजित गर्दै जम्कटेल विजयी भएका हुन् ।
यो प्रदेशमा कुल ३५ हजार ९ सय ५ मत गणना हुँदा जम्कटेलले १९ हजार ९ सय ३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी थपलियाको १२ हजार ४ सय ७८ मत आएको छ ।
जम्कटेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेश सांसद थिए ।