- समाचार यात्रा
- २ साल अघि
- 78 जनाले पढ़िसके

धादिङ : डेङ्गु संक्रमणका कारण देशभर रगतको अभाव छ । देशभर भइरहेको रगत अभावलाइ मध्यनजर गर्दै धादिङ महोत्सव मुल आयोजक समितिले आठौ धादिङ महोत्सव अवधिभर रक्तदान तथा रक्त समुह परीक्षण कार्यक्रम गर्ने भएको छ ।
महोत्सव स्थलमा मान्छेहरुको भीडभाड रहने र रक्तदान गर्ने मान्छेहरु धेरै रहने भएकाले रगतको अभावलाइ मध्यनजर गर्दै महोत्सव अवधिभर नै रक्तदान कार्यक्रम राखिएको धादिङ उद्योग बाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिए ।
रक्तदान कार्यक्रम संगै निशुल्क रक्त समुह परीक्षण तथा सुगर र प्रेसरको पनि परीक्षण गरिने सिंखडाले जानकारी दिए ।
परीक्षणको कार्यक्रमलाइ ब्यवस्थित बनाउन स्वास्थ्य परीक्षण स्टलनै राख्ने तयारी गरेको सिंखडाले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रमको समन्वय गर्ने र महोत्सव मुल आयोजक समितिले रक्त समुह परीक्षण, रक्तदान तथा सुगर प्रेसर परीक्षणको कार्यक्रमको ब्यवस्थापन गर्ने तय भएको मुल आयोजक समितिका संयोजक एवं धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु बहादुर थपलियाले जानकारी दिए ।