इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँ घट्यो

  • समाचार यात्रा
  • २ साल अघि
  • 48 जनाले पढ़िसके

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने बताएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्