- समाचार यात्रा
- २ साल अघि
- 92 जनाले पढ़िसके

भक्तपुर । ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ का ४२ वर्षीय इमबहादुर कार्कीलार्ई काठमाडौंको ठमेलबाट पक्राउ गरेर बुधबार अदालतमा पेस गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।
वि.सं. २०७० जेठ २७ गते मध्यपुरथिमि नगरपालिकाको चार दोबाटोमा ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको बा३च ५३७५ नम्बरको एम्बुलेन्सले बा४०प ५०७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवशरण रेग्मीको मृत्यु भएपछि कार्की फरार रहेका थिए ।
प्रहरीले कार्कीलाई प्रहरी वृत्त थिमिको हिरासतमा राखेर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।