- समाचार यात्रा
- १ साल अघि
- 77 जनाले पढ़िसके

विराटनगर । कोसी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई आज नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् भने भोलि बिहान ९ बजे मुख्यमन्त्रीले शपथ दिएको कार्यक्रम तय भएको छ ।