सालकको खपेटा जस्तो देखिने वस्तुसहित तीन पक्राउ

  • समाचार यात्रा
  • २ साल अघि
  • 96 जनाले पढ़िसके

काठमाडौँ :  काठमाडौंबाट सालकको खपेटा जस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो काठमाडौं महानगरपालिका(२६ सामाखुशीबाट करिब ३ किलो ५५० ग्राम सालकको खपेटा जस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले मकवानपुर गढी गाउँपालिका-८ बस्ने ४२ वर्षीय सूर्यबहादुर स्याङ्तानसहित तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीले सामाखुशीमा दुर्लभ वन्यजन्तु सालकको खपेटा बेचबिखन भइरहेको भन्‍ने सूचना पाएको थियो। सो सूचनाको आधारमा गोंगबुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट प्रहरीले डिजिटल तौल मेसिन पनि फेला पारेको छ। उनीहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तिसारमा पठाइने प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्