पाकिस्तानमा विस्फोट हुँदा २० जनाको मृत्यु

  • समाचार यात्रा
  • १ साल अघि
  • 98 जनाले पढ़िसके

काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लास्थित कट्टरपन्थी राजनितिक तथा मुस्लिम नेताका समर्थकहरूको प्रदर्शनमा शक्तिशाली बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ ।

साथै ५० जनाभन्दा धेरै घाइते भएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको बाजुर जिल्लामा आइतबार यस्तो घटना भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जमियत उलेमा इस्लाम(फजल (जेयूआईएफ) का कार्यकर्ताहरूको र्‍यालीको क्रममा विस्फोट भएको हो । विस्फोटमा मौलाना जमियत उलेमा इस्लाम(फजलका एक प्रभावशाली नेता मौलाना जिउल्लाह जानको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ । साथै घटनास्थलमा अहिले प्रहरीले कर्फ्यू लगाउनुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ ।

 

 

प्रतिकृया दिनुहोस्