सिंहदरबारमा ग्यास सिलिन्डर लैजान रोक

  • समाचार यात्रा
  • २ साल अघि
  • 138 जनाले पढ़िसके

काठमाडौँ : सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो ।

अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत सिंहदरबारको ग्यास चुलो हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेको थियो ।

सोअनुसार, आज भदौ १ गतेदेखि विद्युतीय चुलो प्रयोगमा ल्याइएको अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ ।

प्रतिकृया दिनुहोस्