रकम ठगी गर्ने व्यक्ति पक्राउ

  • समाचार यात्रा
  • २ साल अघि
  • 205 जनाले पढ़िसके

चितवन : मोबाइल चोरीको मुद्धा मिलाई दिन्छु भनि रकम ठगी गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । पीडितको किटानी जाहेरीको आधारमा प्रहरीले गोरखा जिल्ला सिरानचोक गाउँपालिका–४ बस्ने दिलिप श्रेष्ठलाई मंगलबार पक्राउ गरेको हो ।

श्रेष्ठले मोबाइल चोरीको मुद्धामा प्रहरीको हिरासतमा रहेका रौतहट जिल्ला गरुडा नगरपालिका–५ बस्ने २८ वर्षीय रुपनारायण साहको मुद्धा मिलाइदिन्छु भनि साहका भाई सुखारी साहसँग २० हजार रुपैयाँ लिई फरार भएका थिए । श्रेष्ठ सम्पर्कमा नआएपछि सुखारीले जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धि कसुरमा मंगलबार नै किटानी जाहेरी दिएका थिए ।

मोबाइल चोरीको मुद्धा प्रहरी हिरासतमा रहेका रुपनारायण साह सोमबार जिल्ला अदालतको आदेशमा ३० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटिसकेका छन् । ठगी केसमा पक्राउ परेका श्रेष्ठलाई सात दिन हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरी प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्