स्पेनले जित्यो महिला विश्वकपको उपाधि

  • समाचार यात्रा
  • १ साल अघि
  • 93 जनाले पढ़िसके

काठमाडौं । फिफा महिला विश्वकपको उपाधि स्पेनले जितेको छ ।

आइतबार अस्ट्रेलियाको सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा सम्पन्न फाइनल खेलमा इङ्ल्यान्डविरुद्ध १–० को जित निकाल्दै उपाधि जितेको हो । स्पेनलाई जित दिलाउन कप्तान ओल्गा कार्मोनाले गरेको गोल निर्णायक बन्यो ।

कार्मोनाले २९औँ मिनेटमा १८ यार्ड बक्सभित्रबाट सुन्दर ‘फर्स्ट टच’ गोल गरेकी थिइन् । यसपछि दुवै टिमबाट कुनै गोल हुन नसक्दा स्पेनले पहिलोपटक महिला विश्वकपको उपाधि जितेको हो । विश्वकपको तेस्रो सहभागितामै च्याम्पियन बनेको स्पेन जर्मनीपछि पुरुष र महिला दुवैतर्फ उपाधि जित्ने दोस्रो टिम बन्यो ।

खेलको ७०औँ मिनेटमा स्पेनले पेनाल्टीमार्फत अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । तर, जेनिफर हर्मोन्सोको प्रहार इङ्ल्यान्डकी गोलकिपरले सहजै बचाएपछि स्पेनले सुनौलो अवसर खेर फालेको थियो ।

स्पेनले विश्वकपमा ‘डेब्यू’ गरेको तेस्रो सहभागितामै च्याम्पियन बनेको हो । सन् २०१५ को संस्करणमा डेब्यू गरेको स्पेनको यो तेस्रो सहभागिता हो । गत संस्करणमा प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गर्नु नै स्पेनको यसअघिको उत्कृष्ट नतिजा थियो ।

प्रतिकृया दिनुहोस्