- समाचार यात्रा
- १ साल अघि
- 231 जनाले पढ़िसके

मस्को । अन्वेषणका लागि पठाएको यान चन्द्रमाको सतहमा नपुगेरै दुर्घटनामा परेको छ ।
समाचार संस्था रोयटर्सका अनुसार ४७ वर्षपछि रूसले चन्द्रमाको अध्ययन, अनुसन्धान गर्न लुना–२५ यान पठाएको थियो ।
सोमबार चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा सफ्टल्यान्डिङ गर्ने योजना रहेको यान शनिबार दुर्घटनामा परेको हो । यान दुर्घटनामा पर्नुको कारणबारे अनुसन्धान गर्न समिति बनाइएको छ।
तत्कालीन सोभियत युनियन रूसले सन् १९७६ मा चन्द्रमामा यानको सफल अवतरण गरेको थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि मुलुकले यान पठाउन सकेका छैनन् ।
भारतले सोही क्षेत्रका लागि पठाएको चन्द्रयान–३ केही दिनमै त्यहाँ अवतरण हुने अपेक्षा गरिएको छ ।