पाकिस्तानसँग बंगलादेश ७ विकेटले पराजित

  • समाचार यात्रा
  • १ साल अघि
  • 104 जनाले पढ़िसके

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । पाकिस्तानको लाहोरमा बुधबार भएको​ खेलमा​ घरेलु टोलीले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।​

बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्य पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानका लागि इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन बनाए ।

बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरको बंगलादेशले ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाउँदा अलआउट भएको थियो। बंगलादेशका लागि मुशफिकर रहिमले ६४ र शाकिब अल हसनले ५३ रन बनाए ।

पाकिस्तानका हरिस रौफले ४ र नशीम शाहले ३ तथा साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले समान १र१ विकेट लिए ।

प्रतिकृया दिनुहोस्