लिबियामा बाढी : पाँच हजार घरमा क्षति, १० हजार व्यक्ति बेपत्ता

  • समाचार यात्रा
  • १ साल अघि
  • 81 जनाले पढ़िसके

काठमाडौं । पूर्वी लिबियामा बाढीका कारण करिब पाँच हजार घरहरू क्षतिग्रस्त भएका छन् ।

बाढीका कारण खानेपानीको अभाव भएको बताइएको छ । पूर्वी लिबियामा बाढीबाट ३८ हजार ६४० भन्दा बढी मानिसहरू विस्थापित भएको आईओएमको अनुसन्धानले देखाएको छ ।

बाढीले सबैभन्दा बढी क्षति पु-याएको डेरनामा दुई हजार २१७ भवन भत्किएको बताइएको छ । अहिलेसम्म बाढीका कारण पाँच हजार ५०० बढीको ज्यान गएको बताइएको छ । त्यस्तै १० हजार बढी बेपत्ता भएका छन् ।

प्रतिकृया दिनुहोस्