- समाचार यात्रा
- १ साल अघि
- 88 जनाले पढ़िसके
पाटन उच्च अदालतले जडिबुटीको बसपार्क नभत्काउन आदेश दिएको छ । पूर्व अरनिको यातायात प्रालिले जडिबुटीमा आफ्नै लगानीमा बनाएको बसपार्कमा अवरोध नगर्न काठमाडौं महानगरलाई आदेश जारी गरेको हो ।
शुक्रबार न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो ।
काठमाडौं महानगरले देशभर चल्ने गाडीको टिकट नयाँ बसपार्कबाट मात्रै काट्न निर्देशन दिएको थियो ।
तर, अरनिको यातायातले सो निर्णय कार्यान्वयन नगर्ने भन्दै आफ्नै बसपार्क बनाएको थियो । सो बसपार्क महानगरका मेयर बालेन शाहले भत्काउने भएपछि अरनिको यातायात प्रालि अदालत पुगेको थियो ।