- समाचार यात्रा
- १ साल अघि
- 132 जनाले पढ़िसके

काठमाडौं । क्यानडाविरुद्धको सिरिजको पहिलो खेलमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमा समेटियो । नेपालले दिएको लक्ष्य नजिक पुगेको क्यानडाले अन्तिम समयमा विकेट जोगाउन नसक्दा पराजय भोग्न बाध्य भयो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए । त्यस्तै ललित राजवंशीले दुई विकेट लिदा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १–१ विकेट लिएका थिए । क्यानडाका निकोलस किर्तोनले ६८ र पर्गत सिंहले ५० रनको पारी खेलेका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै २ सय २४ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको इनिङ्स खेलेका थिए ।
क्यानडाका उदय भगवानले सर्वाधिक ३ तथा साद बिन जफर र इशवरजोत सोहीले समान २ विकेट लिएका थिए । साहिद अहमदजई र हर्ष ठाकरले समान एक एक विकेट हात पारे ।
घरेलु मैदानमा डब्लूसीएल लिग टू अन्तर्गतका म्याच खेल्नुअघि नेपालले क्यानडासंग एकदिवसीय सिरिज खेलेको हो । सिरिज अन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ ।