- समाचार यात्रा
- १ साल अघि
- 102 जनाले पढ़िसके

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेश सरकारबाट कांग्रेसले समर्थन फिर्ता लिएपछि सोमबार मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशसभा बैठकमा विश्वासको मत लिएका हुन् । सो क्रममा जम्कट्टेलको विश्वासको मतको पक्षमा ५६ मत परेको थियो भने विपक्षमा ३७ मत परेको थियो । त्यस्तै, १५ सांसद तटस्थ बसेका थिए । जम्कट्टेललाई कुल सदस्यको बहुमत सदस्यको मत परेकाले विश्वासको मत प्राप्त भएको सभामुख भुवन पाठकले जानकारी दिए ।
मुख्यमन्त्री जम्कट्टेलले पहिलो पटक २०७९ माघ ३ गते र २०७९ चैत १० मा दोस्रो पटक विश्वासको मत प्राप्त गरेका थिए ।