लुम्बिनी र वाग्मती चेस च्याम्पियन

  • समाचार यात्रा
  • १० महिना अघि
  • 116 जनाले पढ़िसके

काठमाडौं । यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको बुद्धिचालअन्तर्गत खुलामा लुम्बिनी तथा छात्रामा वाग्मती पहिलो भएको छ । लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जितसहित १४ अंक जोडेको हो ।

वाग्मती ११ अंकसहित दोस्रो तथा सुदूरपश्चिम ९ अंकसहित तेस्रो भएको हो । लुम्बिनीको टोलीमा किरण भण्डारी, टोपलाल अधिकारी, सुशान्त अर्याल र आरुष नाग थिए ।

यसैगरी छात्रातर्फ वाग्मतीले सतप्रतिशत जितसहित पहिलो स्थान हात पारेको छ । वाग्मतीको जितमा रिया श्रेष्ठको प्रेरणादायी प्रदर्शन भएको थियो ।

यसै महिना सम्पन्न नवौँ राष्ट्रिय महिला च्याम्पियनसिपमा पाँचौँ स्थान हात पारेकी रियाले यस प्रतियोगितामा सतप्रतिशत स्कोर गरेकी हुन् । लुम्बिनीले चौथो चरणमा वाग्मतीसँग १–३ ले पराजित हुनुबाहेक अन्य खेलमा हार सहन परेको थिएन ।

प्रतिकृया दिनुहोस्