- समाचार यात्रा
- ९ महिना अघि
- 110 जनाले पढ़िसके

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा खसेर बेपत्ता भएका ६२ यात्रुसहित दुई वटा बस खोज्न ५०० सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरिएको छ ।
शुक्रबार बिहान दुई वटा यात्रुवाहक बस पहिरोमा परी नारायणी नदीमा खसेको थियो । उक्त जानकारी पाउने बित्तिकै खोजी र उद्धार कार्यमा सुरक्षाकर्मी परिचालन गरिएको हो । तर, नारायणी नदीमा खसेको बस र यात्रु नभेटिएको गृह मन्त्रालयले जनाएको छ ।
“देशभर विपद्मा परेका नागरिकहरूको खोज, उद्दार तथा राहतका कार्यमा समन्वय गर्न गृह मन्त्रालयमा गठित कमान्ड पोष्ट चौबिसै घण्टा क्रियाशील रहेको छ,” गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गृह मन्त्रालयले दुःख व्यक्त गरेको छ । साथै, ती घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा मृतकका परिवारजनमा गहिरो समवेदना गृहले व्यक्त गरेको छ ।
शुक्रबार नै गृह सचिवको नेतृत्वमा सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयका पदाधिकारी र यातायात व्यवसायी महासंघका प्रतिनिधि समेतको सहभागितामा बैठक बसेको थियो ।