- समाचार यात्रा
- ९ महिना अघि
- 86 जनाले पढ़िसके

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस वटा बसको खोजी कार्य आजलाई स्थगित गरिएको छ । रात परेपछि भोलि बिहानबाट पुनः खोजी गर्नेगरी गरी आजलाई स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
नदीमा पानीको बहाव तह उच्च रहेको, तिब्र गतिमा बहाब रहेको र पानी धमिलो भएका कारण खोज्न समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । यस्तै विरगञ्जको एङगल गाडिको झ्यालका पर्दा करिव १० वर्षको बच्चाको सुट फेला परेको उनले जानकारी दिए । पहिरोले हिरोले बगाएको २ वटा बस त्रिशुली नदीमा हराइरहेका छन् भने दुई बसमा गरि करिव ६५ यात्रु सवार थिए । ती मध्य तीन जना यात्रु नदीबाट पौडिएर बाँच्न सफल भएका छन् ।