स्टार स्पोर्ट्सले पायो एनपीएलको प्रसारण अधिकार

  • समाचार यात्रा
  • ५ महिना अघि
  • 64 जनाले पढ़िसके

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको प्रसारण अधिकार स्टार स्पोर्ट्स नेटवर्कलाई दिएको छ ।

शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा क्यानले एनपीएलको प्रसारण अधिकार भारतीय कम्पनी जियो स्टारको स्वामित्वमा रहेको स्टार स्पोर्ट्सलाई दिइएको जनाएको हो ।

यसैगरी, एनपीएलको टाइटल स्पोन्सरमा सिद्धार्थ बैंक रहेको क्यानले जनाएको छ । क्यानले सिद्धार्थ बैंकसँग पाँच वर्षका लागि सम्झौता गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्