रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

  • समाचार यात्रा
  • ३ महिना अघि
  • 86 जनाले पढ़िसके

काठमाडौं । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश नितिज राईको इजलासले उनलाई रू ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीलाई रू ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्