- समाचार यात्रा
- ३ महिना अघि
- 79 जनाले पढ़िसके

काठमाडौं । पहिलोपटक आयोजना गरिएको खोखो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली उपविजेता बनेको छ । नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७८–४० अकले पराजित भएको हो । यसअघि शनिबार भएको सेमिफाइनल खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ अंकले पराजित गरेको थियो । क्वाटरफाइनल खेलमा भने नेपालले इरानलाई १०३–८ अंकको हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ अंकले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ अंकले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० अंकले तथा चौथो खेलमा बंगलादेशलाई ८४–२४ अंकले पराजित गरेको थियो ।
्