सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा

  • समाचार यात्रा
  • ३ हप्ता अघि
  • 25 जनाले पढ़िसके

काठमाडौं । इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । बुधबार बिहान ९ः३० बजे सुरु भएको आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा झण्डै तीन सयको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उनले बताए ।

के कारणले आगो लागेको भन्नेबाचरे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । आगलागी भएको भवनबाट ११ जनाको सकुशल उद्धार गरिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्