गाजापट्टीबाट दक्षिणी इजरायलमा दुई रकेट प्रहार

  • समाचार यात्रा
  • ३ हप्ता अघि
  • 65 जनाले पढ़िसके

जेरुसेलम । इजरायल रक्षा बल (आइडीएफ)ले बुधबार बिहान गाजापट्टीबाट दक्षिणी इजरायलतर्फ दुईवटा रकेट प्रहार भएको जनाएको छ ।

रकेटहरूले गाजापट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो । सेनाले एउटा रकेट उत्तरपश्चिमी नेगेभ मरुभूमिको जिम्रतमा खसेको जनाएको छ ।

सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । आइडीएफले बुधबार बिहान सबेरै सो हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ ।

प्यालेस्टाइन इस्लामिक जिहाद (पीआइजे)को सशस्त्र शाखा अल–कुड्स ब्रिगेड्सले आक्रमणको दाबी गर्दै प्यालेस्टिनीहरू विरुद्ध इजरायली आक्रमणको प्रतिक्रियामा ‘रकेटको एक श्रृंखला’ प्रहार गरेको बताएको छ ।

 

प्रतिकृया दिनुहोस्