आईपीओ भर्दा लाग्ने शुल्क घटाउने तयारी, बढीमा ५ रूपैयाँ लाग्ने

  • समाचार यात्रा
  • २ साल अघि
  • 39 जनाले पढ़िसके

काठमाडौं : नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि–आश्वा शुल्क घटाउने तयारी गरेको छ । आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि–आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

अब आईपीओ लगायतका सार्वजनिक निस्कासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको उनले बताए । सोही अनुसार निर्णय भएर चाँडै कार्यन्वयनमा जाने अध्यक्ष हमालले बताए ।

जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासनन गर्ने कम्पनिले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउँनेछ । त्यस्तै १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ ।अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने उनले बताए ।

हाल सार्वजनिक निष्कासनमा बोर्डबाट सि–आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रूपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो । जसमध्ये सिडिएस एण्ड क्लियरीङले २ रूपैयाँ र धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकले १० रूपैयाँ प्राप्त गरेर त्यसभन्दा माथिको शुल्क सि–आश्वा सदस्यलाई प्राप्त हुने व्यवस्था थियो ।

प्रतिकृया दिनुहोस्