- समाचार यात्रा
- २ साल अघि
- 70 जनाले पढ़िसके

काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३९ लाख ५० हजार ५ सय रुपैयाँ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी (पश्चिम)बर्दघाट नगरपालिका-६ बस्ने २२ वर्षीय टिकाराम भट्टराईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा.४ ख ९६७४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।