सन्दीप लामिछानेविरुद्ध नबालिगमाथि जबरजस्ती करणीको उजुरी

  • समाचार यात्रा
  • २ साल अघि
  • 38 जनाले पढ़िसके

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध नबालिगमाथि जबरजस्ती करणीको उजुरी परेको छ । सन्दीपविरुद्ध हिजो मंगलबार जबरजस्ती करणीको उजुरी परेको हो । उनीविरुद्ध गत भदौ पाँच गते एक १७ वर्षीया किशोरीलाई प्रभावमा पारेर जबरजस्ती करणी गरेको उजुरी परेको हो ।

उजुरीमा नाबालिगले सन्दीपसँग सामाजिक सञ्जालमार्फत चिनजान भएको र भेट्न बोलाएर उनले आफूलाई जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । उजुरीमा बालिकाले बालात्कार भएको दिन भदौमा पाँच गते आफूलाई सन्दीपले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउसहित नगरकोटसम्म घुमाएको र राति पिंगलास्थानको होटलमा लगेर राखेको विवरण उल्लेख गरेकी छन् ।

प्रहरी प्रधान कार्यालयको उच्च स्रोतका अनुसार बालिकाले त्यस रात आफूलाई सन्दीपले दुईपटक जबरजस्ती करणी गरेको बताएकी छन् । मंगलबार अबेर उजुरी परेकाले उनीविरुद्ध पक्राउ पुर्जी जारी नभएको र आज हुने स्रोतले बतायो । ती बालिका अहिले प्रहरी र आफन्तको संरक्षणमा रहेको बताइएको छ । उक्त घटना भएको भोलिपल्ट सन्दीप केन्यासँग सिरिज खेल्नका लागि प्रस्थान गरेका थिए ।

प्रतिकृया दिनुहोस्