भैरवी वचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

  • समाचार यात्रा
  • २ साल अघि
  • 78 जनाले पढ़िसके

धादिङ : भैरवी वचत तथा ऋण सहकारी संस्था लि. को २१ औ साधारण सभा सम्पन्न भएको छ । नेपाल वचत तथा ऋण सहकारी संघ लि. का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अधयक्षतामा सभा संचालन भएको थियो ।

२२६६ जना शेयर सदस्य, ३ वटा संस्थागत सदस्य र ५८० जना बाल सदस्य रहेको संस्थाको कुल शेयर पूँजी रु २५८७०४००/- रहेको छ भने करिव पच्चिस करोडको हाराहरीमा कारोबार गरेको छ । आ.ब. ०७८/७९ मा रु . १,०२,२३,२२४/- बचत गरेको र सवै कोषमा नियमानुसार रकम विनियोन गरी प्रति शेयर (रु.१००) रु. १४/५३ वोनस वितरण गर्न सफल भएको छ ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले अहिले केहि सहकारीमा भएको अनियमितता, लापरबाहि र शेएर सदसयहरुको समयमै शुजबुज नहुदा सहकारीको बदनाम भएको बताए । केन्द, प्रदेश र जिल्ला स्तरका नियमक निकायहरु चनाखो भई निगरानी बढाएका छौं पहाडी भेगमा खुलेका सहकारीहरुमा त्यस्तो हुने अवस्था छैन ढुक्क भएर कारोबार गर्न सवैलाई अनुरोध गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्