साफमा भारतको पहिलो हार

  • समाचार यात्रा
  • २ साल अघि
  • 44 जनाले पढ़िसके

काठमाडौ : भारतले महिला साफ च्याम्पियनसिपमा पहिलो हार ब्यहोरेको छ । यता बंगलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौं संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक गोल गरिन् ।

महिला साफको इतिहासमा भारतले पहिलो पटक हार व्यहोरेको छ । जितसँगै बंगलादेश अपराजित रहँदै अन्तिम चारमा पुगेको छ । समूह विजेता बनेको बंगलादेशले समूह ‘ए’ मा ३ खेलमा ९ अंक जोड्यो । भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । अब सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ । भारतले नेपालको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस्