मदन पुरस्कार विजेता डा. नवराज लम्साललाई धादिङमा सम्मान

  • समाचार यात्रा
  • २ साल अघि
  • 83 जनाले पढ़िसके

धादिङ: यस वर्षको मदन पुरस्कार विजेता कृति ‘अग्नि’का लेखक डा.नवराज लम्साललाई गृह जिल्ला धादिङमा सम्मान गरिएको छ ।

लंसालद्धारा लिखित महाकाब्य अग्निले २०७८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । नेपाली साहित्य जगतमा मदन पुरस्कारलाई उच्च सम्मानको रुपमा लिइन्छ । वि सं २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको भएको थियो ।

नेपाल प्रेस युनियन धादिङ, भानु प्रतिष्ठान र पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ धादिङ लगायतले सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।

धादिङको माटोमा जन्मिएर नेपाली साहित्यमा यो किसिमको उचाइ हाँसिल गर्न सफल भएकाले सम्मान कार्यक्रमको आयोजना गरिएको नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए ।

लम्सालको सम्मानका लागि धादिङवेशी टोल सुधार समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु तथा साहित्यप्रेमीहरुहरुले धादिङवेशी पुछारबजारबाट ¥याली तथा बधाई र सम्मानको आयोजना समेत गरेका थिए ।

सदरमुकाम आसपासका विद्यालयहरु किवो बोर्डिङ, एडभान्स एकेडेमी, सुनगाभा एकेडेमी, नीलकण्ठ मावि, नीलकण्ठ क्याम्पस, चिल्ड्रेनपार्क मावि, बालमन्दिर मावि, धादिङ बोर्डिङ लगायतका विद्यालयहरु र नीलकण्ठ नगरपालिकाको ३ नम्वर वडा कार्यालयले लम्साललाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाली साहित्य जगतमा लंसालले पु¥याउनुभएको योगदान तथा लंसालको लेखनशैली र अग्नि महाकाब्यको विषयबस्तुको बारेमा भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नविनबन्धु पहाडीले चर्चा गरेका थिए ।

अभिनन्दन समारोहमा बोल्दै लंसालले विपन्न, मजदुर, दलित र पछाडी पारिएको विषयमा वकालत गरेर नेपाली साहित्यमा थोरै कृति मात्र जन्मिएको बताउँदै मदन पुरस्कार विजेता कृति अग्निले त्यस्ता पछि पारिएको र विभेदमा पारिएको समुदायलाइ सम्वोधन गरिएको बताए ।

गृहजिल्लामा पाएको यो भब्य सम्मानले आगामी दिनमा यस्ता पछि पारिएका समुदाय र विभेदमा बाँचेका समुदायको विषयमा अझै धेरे लेख्ने प्रेरणा मिलेको बताए ।

वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान विदुषीहरूलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ । मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्ने ४ लाख रुपैया राशीको उक्त पुरस्कार आगामी घटस्थापनाको दिन प्रदान गरिदैछ ।

प्रतिकृया दिनुहोस्