- समाचार यात्रा
- २ साल अघि
- 43 जनाले पढ़िसके

काठमाण्डाै : भुटानलाई ८–० गाेलकाे फराकिलाे अन्तरले हराउँदै बङ्ग्लादेश साफ महिला च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे छ ।
दशरथ रङ्गशालामा शुक्रवार भएकाे पहिलाे खेलमा बङ्ग्लादेशलकाे जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन् । यस्तै मोसमत जाहान सोपना, श्रीमती कृष्णारानी सरकार र ताेहुरा खातुनले एक/एक गाेल गरे ।
याेसँगै बङ्ग्लादेश दाेस्राे पटक साफ महिला च्याम्पियनशिपकाे फाइनलमा पुगेकाे छ । यसअघि सन् २०१६ मा फाइनलमा पुगेकाे बङ्ग्लादेश भारतसँग तीन–एक गाेलले पराजित भएकाे थियाे ।