‘लण्डन टू पेरिस’ फागुनमा आउने

  • समाचार यात्रा
  • २ साल अघि
  • 119 जनाले पढ़िसके

काठमाडौं : अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको फिल्म ‘लण्डन टू पेरिस’ ५ फागुनमा रिलिज हुने भएको छ । निर्देशक घनश्याम लामिछानेले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । गत महिना लण्डन र पेरिसमा छायांकन भएको फिल्म फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदाको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो ।

साम्राज्ञीको अलवा गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको फिल्म ट्राभल लभ स्टोरीको कथामा निर्माण भएको हो । फिल्ममा साम्राज्ञीको जोडी निश्चलसँग बाँधिएको छ ।

लण्डनको कम्पनी एबी इन्टरनेशनलको ब्यानरमा निर्मित ‘लण्डन टू पेरिस’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। अमित बस्नेत, अजितकुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरे निर्माता रहेको फिल्मको सह निर्मातामा अजित सिंह हुन् ।

प्रतिकृया दिनुहोस्