- समाचार यात्रा
- २ साल अघि
- 339 जनाले पढ़िसके

काठमाडौं : नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार अर्थ क्विक मेमोरियल मल्टिपरपोज कभर्ड हलको सिल्यान्यास गर्नु गरेका छन् । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री समेत रहनु भएका श्रेष्ठले काठमाडौं महानगरपालिका १५ वडा डल्लुको सामुदायिक मार्गमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हलको भूमि पूजा गर्नु हुँदै सिल्यान्यास गरेका छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को सहयोग तथा सोलिडारिटी कार्यक्रम अन्तर्गत त्यस कभर्ड हलको निर्माण हुन लागेको हो । आईसीसीले वर्ष ०७२ मा आएको भुकम्पपछि त्यसकै सम्झनामा कभर्ड हल बनाइदिने प्रस्ताव स्विकृत गरेको थियो । यसमा ब्याडमिन्टन, बास्केटबल, भलिबल र मार्सल आर्टसका सबै विधा लगायत अधिकांस इन्डोर खेल सञ्चालन हुन सक्नेछ ।
कभर्ड हल निर्माणका लागि डल्लु आवास सामुदायिक उपभोक्ता समितिले कुल छ रोपनी पाँच आना र दुई पैसा जग्गा उपलब्ध गराएको छ । त्यसमा कभर्ड हलसहित पार्किङ र खुल्ला स्थान रहने छ । करिब एक हजार दर्शक क्षमताको हुने यस कभर्ड हलमा कार्यालयसहित पत्रकार सम्मेलनका लागि आवश्यक कोठा पनि बन्ने छ ।
सिल्यान्डासको अवसरमा अध्यक्ष श्रेष्ठले यस बहुउद्देश्यीय कभर्ड हलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा मदत पुग्ने विश्वास पोख्नु भयो । उनले भने, ‘नेपाली खेलकुदका लागि यो ऐतिहासिक अवसर हो । अब यस कभर्ड हलमा प्रतियोगिताको नियमित आयोजना पनि गर्न सक्छौं । यसले डल्लु क्षेत्रलाई अझ विकसित र महत्त्वपूर्ण बनाउन मदत मिल्नेछ ।’
त्यस अवसरमा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, वडा १५ का अध्यक्ष इश्वरमान डंगोल र उपभोक्ता समितिका अध्यक्ष राजा शाक्यले पनि आफ्नो धारणा राखेका थिए ।। महासचिव श्रेष्ठले कभर्ड हलको निर्माण नौ महिनामा सकिने योजना भएको र यसको निर्माण कार्य सकिएपछि त्यसको दिगो सञ्चालनका लागि व्यवसायिक प्रयोग हुने बताए । ।