- समाचार यात्रा
- २ साल अघि
- 397 जनाले पढ़िसके

धादिङ : धादिङ जिल्ला क्रिकेट संघले धादिङ टि -२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । प्रतियोगिता असोज २८ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगीता बेनिघाट रोराङ गाउँपालिकास्थित विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ ।
पछिल्लो समय क्रिकेटको लोकप्रियता बढ्दै गएको र खेलाडीहरुलाई उर्जा थप्नका लागि प्रतियोगीता आयोजना गर्न लागिएको जिल्ला क्रिकेट संघका अध्यक्ष दीपेश कंडेलले जानकारी दिए । प्रतियोगीताका लागि टिम दर्ता गर्ने कार्य भइरहेको कंडेलले बताए ।
गतवर्ष धादिङले नै आयोजना गरेको गजुरी सामुदायिक समाज विकास टिमले प्रथम धादिङ जिल्ला टि -२० क्रिकेट प्रतियोगिता उपाधि जितेको थियो । फाइनलमा गजुरीले त्रिपुरासुन्दरीलाई २१ रनले हराउदै उपाधि जितेको थियो ।